fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ ताराखोला गाउँपालिका कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा

ताराखोला गाउँपालिका कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा

sthaniya-taha-newskarobar

बागलुङको ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् ।

गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम  कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिए । ‘देशमा आएको संकटको घडीमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक छ,’ सुनारले भने, ‘सबैले सहयोग गर्दा नेपालको अहिलेको अवस्था समाधान हुन सक्छ ।’ गाउँपालिकामा कार्यरत ३५  कर्मचारीको तलबबाट १० प्रतिशतको हुन आउने एक लाख १५ हजार कोषमा जाने सुनारले बताए । (रासस)

प्रकाशित समय ०९:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु