fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ क्वारेन्टाइनका लागि अस्पतालको अलपत्र भवन पनि प्रयोगमा ल्याउने तयारी

क्वारेन्टाइनका लागि अस्पतालको अलपत्र भवन पनि प्रयोगमा ल्याउने तयारी

जनकपुरधाम उपमहानगरपालिका- १३ मा ५० बेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । मणिपाल शिक्षण अस्पतालका लागि निर्माणाधीन अवस्थामै अलपत्र रहेको भवनमा आइसोलेसन कक्ष निर्माण गर्न लागिएको हो ।

यसको पूर्वाधार निर्माण, उपकरण तथा चिकित्सकलाई तालिम लगायतका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले सहयोग गर्ने भएको छ । जनकपुरधाम उमपहानगरपालिकाका मेयर लालकिशोर साह, उपमेयर रिता कुमारी मिश्र, प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकारका स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झा, सोही वडाका वडाध्यक्ष शुभनारायण मण्डलसहित नागरिक समाजले मणिपाल अस्पतालको सो भवनको अनुगमनसमेत गरेको छ ।

आइसोलेसन तयार भएपछि कोरोनाको शंका लागेका बिरामीहरुलाई चेकजाँच गरी १४ दिनसम्म त्यहाँ राख्ने व्यवस्था मिलाइने छ । संक्रमण पाइएमा जानकी मेडिकल कलेज, प्रादेशिक अस्पताल र जानकी मेडिकलको सिटी अस्पतालको आइसोलेसनमा राखिने उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताएका छन् । उनका अनुसार तीनदेखि पाँच दिनभित्र सो क्वाइरेन्टानन सञ्चालनमा आइसक्ने छ ।

जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत कोरोना परीक्षणमा खटेको डा. सन्तोष कुमार साहले सुरक्षाकर्मीहरुलाई कोरोनाबारे प्रशिक्षण दिइरहेका छन् । अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि सुरक्षा र भाइरसबाट बच्ने उपायसम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन भइरहको छ ।

संक्रमणको शंका लागेको व्यक्तिलाई तत्काल उपचार गराउन उपमहागनरपालिकाले आइतबारदेखि टोल फ्रि नम्बर पनि सुरु गर्न लागेको छ ।

प्रकाशित समय १५:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु