fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ लमजुङका कैदीबन्दीलाई मास्क वितरण

लमजुङका कैदीबन्दीलाई मास्क वितरण

बेंसीशहर नगरपालिका–८ शेरास्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई मास्क वितरण गरिएको छ । कोभिड–१९ को संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउँदै जिल्ला कारागारले आफ्ना कैदीबन्दीलाई मास्क वितरण गरेको हो ।

कारागारका सिनियर अहेब राजगीर शाहले चौकीदार दिनेश परियारलाई एकमुष्ट १५० थान मास्क वितरण गरे । जिल्ला कास्की कारागारका कैदीबन्दीले बनाएर कारागारलाई निःशुल्क सहयोग गरेको र सो मास्क वितरण गरिएको कारागारले जनाएको छ ।

कारागारका कैदीबन्दीलाई कोरोनाको सम्भावित संक्रमणबाट बचाउनका लागि केही दिनअघिसाबुन वितरण गरिएको कारागारका सूचना अधिकारी रमेश विश्वकर्माले बताए । त्यस्तै कारागारमा उच्च सतर्कता अपनाउँदै भेटघाटसमेतमा रोक लगाइएको छ ।

कारागारमा २५ जनाको क्षमता रहे पनि पुरुष ६४ र सात महिला कैदीबन्दी छन् । सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दा र जबर्जस्ती करणी उद्योग मुद्दाका कैदीबन्दी छन् ।

प्रकाशित समय १३:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु