गृहपृष्ठ विप्लव समूहका जिल्ला इन्चार्जसहित २ जना पक्राउ, पेस्तोल र ग्रिनेड बरामद

विप्लव समूहका जिल्ला इन्चार्जसहित २ जना पक्राउ, पेस्तोल र ग्रिनेड बरामद

arrest_पक्राउ_news karobar

नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इन्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डीएसपी हेमबहादुर शाहीले बताए ।

पक्राउ परेका राई र गुरुङको साथबाट एक थान कटुवा पेस्तोल तथा एउटा हाते ग्रिनेड बरामद गरिएको छ । पक्राउ परेका राई र गुरुङमाथि आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सुराकीले दिएको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई मकवानपुर तथा रौतहटको सीमा जंगलबाट आज पक्राउ गरिएको डीएसपी शाहीले जानकारी दिए ।

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु