fbpx
corona information

गृहपृष्ठ अरु प्रदेशका बासिन्दालाई कर्णाली प्रदेश प्रवेश गर्न अनुमति लिनुपर्ने

अरु प्रदेशका बासिन्दालाई कर्णाली प्रदेश प्रवेश गर्न अनुमति लिनुपर्ने

अरु प्रदेशका बासिन्दालाई कर्णाली प्रदेशमा प्रवेश गर्न अनुमति लिनुपर्ने भएको छ । कर्णाली प्रदेश सरकारले नोवेल कोरोनाभाइरस (कोभिड-१९) को सम्भावित संक्रमणबाट बच्न यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

सरकारका निर्णयहरु :
१. सबै नाकाहरु बन्द गर्ने ।
२. कर्णालीका मात्रै नागरिकलाई मात्र आवतजावत गर्न दिइने ।
३. प्रदेशबाहिरका मान्छे आउनैपर्ने भए अनुमति लिएर आउनुपर्ने ।
४. कार्यान्वयन समितिलाई प्रभावकारी बनाउने ।
५. हेल्थ डेस्क राख्ने, प्रयोगशाला पनि बनाउने ।
६. भारतबाट आउने नेपालीलाई पनि १० दिनभित्र आइसक्न आग्रह गरिने । १० दिनपछि नाका बन्द गरिने ।
७. भारतबाट फर्किनेलाई निश्चित समयसम्म न्यूनतम् १४ दिन क्वारेन्टनमा राख्ने ।
८. विदेशबाट फर्किएकालाई पनि निश्चित समय क्वारेन्टाइनमा राख्ने ।
९. आन्तरिक मामिलामन्त्रीको नेतृत्वमा अनुगमन समिति बनाइने । समितिमा सुरुक्षा प्रमुख, सिडिओ र सरोकारवाला रहने ।
१०. चौबिसै घण्टा ड्युटी गर्ने । राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गर्ने । सुरुक्षा, एम्बुलेन्स, अति आवश्यकीय गाडी तथा अस्पतालका गाडीमात्र चल्न दिइने ।
११. जिल्ला, स्थानीय तह र वडास्तरसम्म समिति बनाएर काम अगाडि बढाउने । त्यसका लागि बजेटको व्यवस्थापन गर्ने ।
१२. २५ जनाभन्दाको बढी भेला नगर्ने ।
१३. कार्यालयहरुमा अनावश्यक भीडभाड नगर्ने । अत्यावश्यक कामबाहेक मन्त्रालय र कार्यालयहरुमा हुने भेटघाट र आवतजावतमा रोक लगाउने ।
१४. कालाबजारी हुन नदिने ।
१५. उद्योगमन्त्रीको संयोजकत्वमा आपूर्ति व्यवस्थापन टिम बनाउने ।
१६. आवश्यक टेन्टको व्यवस्था गर्ने ।
१७. विश्वविद्यालयमा ६ सय मान्छे राख्ने व्यवस्था मिलाउने ।
१८. ५० करोड रुपैयाँको विपद कोष खडा गरी कोषमार्फत खर्च गर्ने ।

प्रकाशित समय २१:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु