fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ अटोमेटिक पेस्तोल र अत्याधुनिक हतियारको गोलीसहित पक्राउ

अटोमेटिक पेस्तोल र अत्याधुनिक हतियारको गोलीसहित पक्राउ

pakraau.newskarobar सांकेतिक तस्बिर

हुप्सेकोट गाउँपालिका- २, चपाहाबाट धारापानी बस्ने ६३ वर्षीय ताराबहादुर विकलाई घरमा लुकाईछिपाई राखेको विभिन्न हातहतियारसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, एयर गन १ थान, ‘मेड इन यूएसए’ लेखेको अटोमेटिक पेस्तोल १ थान र पेस्तोलको गोली ५ राउण्ड बरामद भएको हो ।

प्रहरीले विकको घरमा एसएलआरको गोली २ राउण्ड, थ्रीनटथ्री राईफलको गोली १ राउण्ड, एम सिक्सटिनको गोली १ राउण्ड, अन्य हतियारको गोली २ राउण्ड, सर्टगनको खोका २ थान र पुरानो कटुवा पेस्तोल तथा घोडाचाप लगायतका पार्टपुर्जासमेत फेला पारेको छ ।

प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय १८:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु