गृहपृष्ठ प्रधानमन्त्रीलाई पहिलेकै जसरी सक्रिय हुन ६ महिनादेखि एक वर्षसम्म लाग्छ : चिकित्सक

प्रधानमन्त्रीलाई पहिलेकै जसरी सक्रिय हुन ६ महिनादेखि एक वर्षसम्म लाग्छ : चिकित्सक

डिस्चार्ज केही दिनपछि मात्रै

पत्रकार सम्मेलनमा डा. शाह ।

मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलेजसरी सक्रिय हुन कम्तीमा पनि ६ महिनादेखि एक वर्षसम्म लाग्ने चिकित्सकले बताएका छन् ।

प्रत्यारोपणको सातौं दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे पछिल्लो जानकारी दिएकी हुन् । डा. शाहका अनुसार प्रधानमन्त्रीले एक महिनाभित्र बैठक राख्न सक्ने तर भीडभाडमा जान मिल्दैन । प्रधानमन्त्रीको रक्तचाप तथा सुगर सामान्य रहेको पनि उनले जानकारी दिइन् ।

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न भने अझै केही दिन लाग्ने उनले बताइन् । ‘अब डिस्चार्ज गर्दा पनि हुन त हुन्छ । तर घरमा पनि केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो,’  उनले भनिन्, ‘त्यसैले यो दिन नै डिस्चार्ज गरिन्छ भनेर अहिले नै मिति तोक्नु उपयुक्त हुँदैन । तर स्वास्थ्य अवस्था हेर्दा केही दिनभित्र डिस्चार्ज गर्न सकिन्छ । यद्यपि जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ ।’

प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो । उनको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

प्रत्यारोपणका लागि अस्पताल जाँदै गर्दा ।

 

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु