fbpx
corona information

गृहपृष्ठ कोभिड-१९ः उच्च सतर्कता अपनाउन ध्यानाकर्षण

कोभिड-१९ः उच्च सतर्कता अपनाउन ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको संक्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोख्ररेल, खगराज अधिकारी, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले कोभिड–१९ बाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

मित्रराष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस विश्वका ६४ मुलुकमा फैलिसकेको, तीन हजार मानिसको ज्यान गइसकेको तथा झण्डै ८६ हजार मानिसमा संक्रमण देखिएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउँदै आएको छ । (रासस)

प्रकाशित समय १४:५१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु