fbpx
corona information

गृहपृष्ठ मिथिला परिक्रमा सुरु, प्रचण्डले उठाए डोला

मिथिला परिक्रमा सुरु, प्रचण्डले उठाए डोला

नेपाल र भारतीय भूमिको १३३ किलोमिटर लामो दुरी तय हुने ऐतिहासिक मिथिला परिक्रमा आइतबारदेखि सुरु भएको छ । मिथिलाविहारी नगरपालिका- ३ स्थित ठेराकचुरीको रामजानकी मन्दिरबाट भगवान राम र सीताको डोलालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाएर परिक्रमाको सुरुआत गरे ।

१५ दिने मिथिला माध्यमिकी धार्मिक पदयात्रामा हजारौँ श्रद्धालु सहभागी हुँदै आएका छन् । पदयात्रामा भारतीय भक्तजनहरुको समेत उल्लेख्य उपस्थिति हुनेगर्छ ।

नेपाल र भारत दुवै देशको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीकको रुपमा मिथिला माध्यमिकी परिक्रमाको सुरुवात कचुरीबाट सुरु हुने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा सुरु हुनेगर्छ ।

फागुन औंसीका दिन अर्थात् आज धनुषाको कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत रुपमा सुरुआत हुने गर्दछ । आइतबार साँझ डोलासहितका यात्रीहरु जनकपुरधाम उपमहानगररपालिका- १२ कुवाँस्थित हनुमाननगर मन्दिरमा विश्राम गर्नेछ । सोमबार बिहान भगवान राम र सीताको डोला सहितको टोली पूजापाठ गरी भारतको बिहार राज्यको कलणा पुगेर विश्राम गर्नेछ ।

परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गिरजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर मडै ध्रुवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कलणा र फागुन पूर्णिमाको दिन जनकपुर फर्कने छ । जनकपुरधाममा भव्यताका साथ अन्तरगृह परिक्रमा गरिँदै आएको छ । १५ दिने परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु भत्तजनहरु समेत अन्तरगृह परिक्रममा सामेल हुने गर्छन् ।

सहभागीहरुका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा बिजुली, खानेपानी लगायतको व्यवस्था मिलाएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिए । विश्राम स्थलहरुमा नाचगान, झाँकी, भजन कीर्तनको हुनेगर्छ ।

प्रकाशित समय १६:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु