fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ खरिपाटी क्वारेन्टाइनमा पर्यटनमन्त्रीद्वारा अनुगमन

खरिपाटी क्वारेन्टाइनमा पर्यटनमन्त्रीद्वारा अनुगमन

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई बिहीबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै । तस्बिर : रमेश गिरी/रासस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् ।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज खरिपाटी पुगेका मन्त्री भट्टराईले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारे जानकारी लिएका हुन् । सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउदै उनले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी लिएका थिए ।

उनले नेपालमा कोरोना भाइरस नरहेको र यसबाट डराउनुपर्ने अवस्था नरहेको भन्दै पर्यटन वर्ष २०२० लाई सफल पार्न सबै निकायबाट लाग्नुपर्ने बताए ।

प्रकाशित समय ०७:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु