fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ पिएन क्याम्पसमा कार्यकर्ताबीच कुटाकुट, दुईको अवस्था गम्भीर

पिएन क्याम्पसमा कार्यकर्ताबीच कुटाकुट, दुईको अवस्था गम्भीर

पोखराको पृथ्वीनाराण क्याम्पसमा झडप भएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपानिकट विद्यार्थी संगठनबीच झडप भएको हो ।

अनरास्ववियु र नेविसंघमा आबद्ध विद्यार्थीबीच क्याम्पसमा सामान्य विवाद हुँदाहुँदै हानाहानको अवस्था सिर्जना भएको क्याम्पस प्रशासनले जनाएको छ । झडपमा परी अनेरास्ववियुका विशाल पन्त र विराट दबाडी घाइते भएका छन् ।

नेविसंघमा आबद्ध सतिश बास्तोलाले रड प्रहार गर्दा अनेरास्ववियुका विराट दबाडी र विशाल पन्त घाइते भएको अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले बताए । घाइते उनीहरुको अहिले मणिपाल शिक्षण हस्पिटलमा आइसियुमा उपचार भइरहेको छ ।

नेविसंघका निर्वतमान केन्द्रीय सदस्य भानु ढकालले सांगठनिक रुपमा नभई व्यक्तिगत रिसिबीका कारण कुटाकुट भएको बताएका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीलाई भने लिखित वा मौखिक कुनै किसिमको जानकारी छैन ।

प्रकाशित समय २१:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु