fbpx
corona information

गृहपृष्ठ जेनेभा जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

जेनेभा जाँदै परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४३औं बैठकमा सहभागी हुन भोलि स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । फेब्रुअरी २४ हुने परिषद बैठकमा नेपाली टोलीको प्रतिनिधित्व गरी मन्त्री ज्ञवाली जेनेभा जान लागेका हुन् ।

उनले परिषद बैठकलाई फेब्रुअरी २५ का दिन सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीको सम्मानमा संघीय राष्ट्रसंघीय कार्यालयका नेपाली प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गरेको कार्यक्रममा जेनेभामा कूटनीतिक समुदायसँग पनि उनले अन्तक्र्रिया गर्नेछन् ।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगका प्रतिनिधिसँग पनि मन्त्री ज्ञवालीको भेटवार्ता हुनेछ । त्यस्तै बैठकको समयमा पनि विभिन्न देशका समकक्षीहरुसँग पनि उनको कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी २८ फेब्रुअरीका दिन नेपाल फर्किनेछन् ।

प्रकाशित समय २०:३६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु