fbpx
corona information

गृहपृष्ठ महाशिवरात्रिको ट्राफिक व्यवस्थापनमा ५०० ट्राफिक प्रहरी खटिँदै

महाशिवरात्रिको ट्राफिक व्यवस्थापनमा ५०० ट्राफिक प्रहरी खटिँदै

फाइल तस्बिर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व केन्द्रित कार्ययोजनासहितको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउन योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको जनाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले एयरपोर्ट हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनका लागि तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुँदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारीसाधनलाई देव उद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बागमती करिडोर तथा जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरी पारि पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।

महाशाखा प्रमुखले शिवरात्री पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहज रुपमा आवागमनको व्यवस्था मिलाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको र आवश्यकता अनुसार डाइभर्सन, पशुपति क्षेत्रभित्र सवारी निषेधितसमेत गरिने बताएका छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले दर्शनार्थीको अत्यधिक चाप हुन गई गौशाला चोक हुँदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुविधालाई मध्यनजर गरी गौशाला क्षेत्र भई चल्ने सवारी साधनलाई केही समयका लागि वैकल्पिक सडक प्रयोग गर्न डाइभर्सन गरी आवागमनको व्यवस्था मिलाइने बताए । त्यसैगरी तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारीसाधनलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

प्रकाशित समय १०:३० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु