गृहपृष्ठ बेलायतले मानवीय व्यवहार नगरेको भूपू गोर्खाको आरोप, माग पूरा गर्न एक महिने अल्टिमेटम

बेलायतले मानवीय व्यवहार नगरेको भूपू गोर्खाको आरोप, माग पूरा गर्न एक महिने अल्टिमेटम

लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा गर्न बेलायतलाई चेतावनी दिएका छन् । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले एक महिनाभित्र आफ्ना मागहरु पूरा नभए आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।

बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्यांकन नभएको र मानवीय व्यवहारसमेत नगरेको उनीहरूको आरोप छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भूपू गोर्खा सैनिकहरुले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, बयस्क छोरा-छोरीहरुलाई बेलायतमा निशर्त आवासीय भिसा दिनुपर्ने माग गर्दै भूपू गोर्खा सैनिकहरुले आमरण अनसनको चेतावनी दिएका हुन् ।

विधवाहरुको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरुको स्वाभिमान, राष्ट्रियता, मानव अधिकार र सम्मानको अनुभूत गर्नेगरी मागहरु पूरा गर्न नेपाल सरकार र बेलायत सरकारलाई माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।

भूपू गार्खाहरुले मार्च १५, २०२० सम्मको समयसीमा भित्र दुवै देशले वार्ता समिति गठन गरी वार्ताको सुरुआत गर्ने विश्वास लिएका छन् । उक्त समयसम्म आफ्ना मागहरुका विषयमा गम्भीर नभए आमरण अनसनका साथै मुद्धाहरु लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा जाने चेतावनी समेत दिएका छन् ।

विज्ञप्ति :

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु