fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेस गर्न सर्वोच्चको आदेश

नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अख्तियारलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न शुक्रबार आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई अख्तियारले उन्मुक्ति दिएकाले मुद्दा चलाउन आदेश दिनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । अख्तियारले मन्त्रिपरिषदले गरेको नीतिगत निर्णय भएकाले आयोगको क्षेत्राधिकारभित्र नपर्ने भन्दै नेपाल र भट्टराईबाहेक कांग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनालाई माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित समय १५:३९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु