fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार पक्राउ

महेन्द्रनगर बम काण्डका मुख्य योजनाकार पक्राउ

घटनास्थलको निरीक्षण गर्दै अधिकारकर्मीहरू (फाइल फोटो) ।

धनुषाको महेन्द्रनगरमा भएको बम काण्डका मुख्य योजनाकार मानिएका नेकपा (विप्लव)का प्रदेश ब्युरो सदस्य पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका- ६, सरस्वतीपुरका ३४ वर्षीय इन्दल साहलाई माघ २९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साहलाई इलाका प्रहरी कार्यालय कट्टरबोनाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिएका छन् । एसपी प्रसाईंका अनुसार साहलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ । चन्दा संकलनका लागि सप्तरी आएको बेला साहलाई सुरूङ्गा नगरपालिका- ६ बाट पक्राउ गरिएको एसपी कृष्ण प्रसाईले बताए ।

प्रहरीका अनुसार घटनाका अर्का योजनाकार विप्लव समूहका केन्द्रीय सदस्य आदम राइनलाई धनुषा प्रहरीले गत पुस १६ गते पक्राउ गरेपछि साह सप्तरीमा खटिएका थिए । यसको सूचना पाएपछि प्रहरीले साहलाई सुक्ष्म निगरानीमा राखेको थियो ।

क्षिरेश्वरनाथ नगरपालिका- ५ महेन्द्रनगरस्थित राजेश साहको घरमा गत मंसिर २७ गते राति भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर अमिरकुमार दाहाल, घरधनी ४८ वर्षीय साह र निजको छोरा १६ वर्षीय आनन्दकुमार साहको मृत्यु भएको थियो ।

विस्फोटमा परी राजेसका बुवा ७० वर्षीय भिखारी साह, राजेशका छोरा १९ वर्षीय प्रकाश साह, राजेशकी छोरी १७ वर्षीया अञ्जली साह, छिमेकीहरु अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए ।

प्रकाशित समय १७:२४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु