fbpx
corona information

गृहपृष्ठ ट्राफिक नियम सचेतनाको लागि ‘सारंगी अभियान’

ट्राफिक नियम सचेतनाको लागि ‘सारंगी अभियान’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि सारंगी टोलीबाट प्रस्तुति देखाउने अभियान सञ्चालन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा भएको कार्यक्रममा ट्राफिक प्रहरी र कलाकारहरू हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिलबहादुर गन्धर्वले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन’ बोलको सचेतना गीत गाएका थिए ।

गीतको माध्यमबाट जेब्राक्रसिङ र आकाशे पुलको प्रयोग, सडक संकेतको पालना, मापसे गरी सवारी नहाँक्न, तीव्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सके जीवनको रक्षा हुने र घर परिवारसमेत ढुक्क हुने कुरा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाइएको र सडक प्रयोगकर्ताहरूले उक्त कुरालाई व्यवहारमा प्रयोग गरी पालना गर्नेमा आफू विश्वस्त रहेको बताए ।

अभियान प्रभावकारी हुने र आम सडक प्रयोगकर्ताले समेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जिवन पद्दतिको रुपमा लिने विश्वास गर्दै एक सातासम्म उपत्यकाका मुख्य–मुख्य चोकमा सञ्चालन हुने जानकारी महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

यस अभियानबाट विशेष गरी जथाभावी बाटो काट्ने कार्यलाई निरूत्साहित हुनुका साथै ट्राफिक लाईट सञ्चालन भएका चोकहरूमा ट्राफिक लाइट पालना गरी बाटो काट्न थप सहयोग हुने अपेक्षा गरिएको छ ।

प्रकाशित समय १३:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु