fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सचिव अधिकारीद्वारा निगम सञ्चालक समिति अध्यक्षको पदभार ग्रहण

सचिव अधिकारीद्वारा निगम सञ्चालक समिति अध्यक्षको पदभार ग्रहण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । उनले निगम बुझेका कर्मचारीहरुले संस्थाको सुधारका लागि कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्नुपर्ने बताए ।

व्यवस्थापन सामूहिक प्रयासमा अघि बढ्नुपर्ने उल्लेख गर्दै अधिकारीले विश्वका कतिपय विमान कम्पनी व्यवस्थापन फितलो हुँदा घाटामा गइरहेका वा धराशायी भएको बताउँदै त्यसबाट सिकेर संस्थालाई अगाडि बढाउनुपर्ने र निगम व्यवस्थापन चुस्त-दुरुस्त बनाउनु पर्ने औंल्याए । विश्वमा पर्यटन व्यवसाय तीव्र प्रतिस्पर्धामा गएकाले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनु पर्ने उनको भनाइ थियो ।

उनले निगमका तर्फबाट प्रस्तुत गरिने निगमको हितसँग सम्बन्धित विषयमा मन्त्रालय जहिले पनि सहयोगी बन्ने र कुनै बाधा व्यवधान आए समाधान गर्न सक्रिय रहने विश्वास दिलाए । ‘निगममा सरकारको लगानी भएकाले यसको हेरविचार पनि सरकारले नै गरिरहेको छ । तर भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धिपूर्ण ठानिएमा त्यसतर्फ पनि सोच्न सकिन्छ,’ उनले भने ।

मोडेल परिवर्तनको सन्दर्भमा रणनीतिक साझेदारीमा जाने वा ऐन परिवर्तन गरेर कम्पनीमा रुपान्तरण गर्नेबारे सोच्नसमेत निगम व्यवस्थापनलाई उनले सुझाव दिए । उनले निगममा पनि प्रशासनिक सुधार आवश्यक रहेको र सुधारको विश्वासनीयताको आधारमा लगानीकर्ताले लगानी गर्ने भएकाले त्यसतर्फ ध्यान पुर्‍याउन आग्रह गरे ।

निगमका निमित्त महाप्रवन्धक गणेशबहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्षको रुपमा पाएकाले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गरे । सो अवसरमा विभिन्न विभागका निर्देशकहरुले आ-आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराएका थिए ।

प्रकाशित समय १५:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु