fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ रानीपोखरी निर्माणले लियो गति, वैशाख १२ मा उद्घाटन गर्ने तयारी (फोटो फिचर)

रानीपोखरी निर्माणले लियो गति, वैशाख १२ मा उद्घाटन गर्ने तयारी (फोटो फिचर)

अनेक विवादका कारण काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न नसकेको रानीपोखरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मामा आएपछि निर्माणले गति लिएको छ । वैशाख १२ गते भूकम्प स्मृति दिवसको अवसर पारेर पुनर्निर्मित रानीपोखरी उद्घाटन गर्ने गरी प्राधिकरणले कामलाई तीव्रता दिएको हो ।

हालसम्म रानीपोखरीको ६० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणका इन्जिनियर ध्रुव पौडेलले जानकारी दिए । ‘ पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण सोचेअनुरूप चाँडो नहुने रहेछ,’ उनले भने, ‘तथापि आगामी वैशाख १२ गते उद्घाटन गर्ने गरी काम अघि बढाएका छौं ।’

प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले हाल रानीपोखरी पुनर्निर्माणले गति लिएको बताए । पुरातात्विक सम्पदामा प्रयोग हुने निर्माण सामग्री ठूलो मात्रामा उत्पादन नहुने र अर्डरबमोजिम मात्र उत्पादन हुने भएकाले कामले सोचेअनुरुप तीव्रता भने पाउन नसकेको उनले जानकारी दिए । ‘यद्यपि समयमै सक्ने गरी अघि काम अघि बढिरहेको छ, ’ उनले भने, ‘रानीपोखरी पुनर्निर्माणको जिम्मा प्राधिकरणमा आएपछि कुनै विरोध र व्यवधान भने आएको छैन ।’

बुट्टा काट्ने, मिलाउनेलगायतका काममा निकै ढिलाइ हुने प्राधिकरणको अनुभव छ । गत माघदेखि सुरु भएको काममा अहिले दैनिक करिब ५०‑६० जना मजदुर कर्मचारी खटिरहेका छन् । प्राधिकरणका अनुसार उपभोक्ता समितिसहितको कुल २४ करोड लागतमा रानीपोखरी पुनर्निर्माण भइरहेको छ ।

प्रकाशित समय ११:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु