fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त

प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त

ठाकुरप्रसाद ज्ञवाली नेपाल प्रहरीको २७औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठनको नेतृत्व गर्नेछन् । २०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मिएका ज्ञवालीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । काठमाडौंको वनस्थलीमा बस्दै आएका ज्ञवाली ०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् ।

२६औं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण सोमबारदेखि अवकाश पाएका छन् । उनीसँगै तीनजना अतिरिक्त प्रहरी महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धिरू बस्नेतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाए ।

प्रहरी नायब महानिरीक्षकहरू महेशविक्रम शाह, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, राजेन्द्रमान श्रेष्ठ, दीपकुमार थापा, पिताम्बर अधिकारी, दिनेश अमात्य, केदार रिजाल, नारायणसिंह खड्का, विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, कमलबहादुर जिसी, महेन्द्रकुमार पोख्रेल, सुरज केसी, रामप्रसाद श्रेष्ठ, दानसिंह बोहरा, हरिभक्त प्रजापति र विकास श्रेष्ठले पनि अनिवार्य अवकाश पाएका छन् ।

प्रकाशित समय १७:१९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु