fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सय रुपैयाँ चोरेको आरोपमा दुई बालकलाई आठ घण्टा थुनेर कुटपिट

सय रुपैयाँ चोरेको आरोपमा दुई बालकलाई आठ घण्टा थुनेर कुटपिट

घाइते बिल्टु मुखिया ।

धनुषाको सबैला नगरपालिका ९ का वडाध्यक्ष सुशिलकुमार रायले किराना पसलबाट सय रुपैयाँ चोरेको आरोपमा स्थानीय १३ वर्षीय सुरज महतो र १० वर्षीय बिल्टु मुखियालाई आठ घण्टा थुनेर कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । वडाध्यक्षको कुटपिटबाट सुरज र बिल्टुको नाक, छाती र ढाडमा गम्भीर चोट लागेको छ । १३ वर्षीय सुरज महतोको अवस्था सामान्य रहे पनि १० वर्षीय बिल्टुको नाक र मुखबाट रगत आएकाले तीन दिनदेखि जनकपुरधामको समर अस्पतालमा उपचार भइरहेको छ ।

माघ २३ गते बिहान ११ बजेतिर सुरज र बिल्टु खेल्दै शिवशंकर महतोको किराना पसलतिर गएका थिए । पसलमा कोही नभएको मौका छोपेर पसलमा रुपैयाँ राख्ने गल्लाबाट सय रुपैयाँ झिकेको बिल्टु मुखियाले बताए । उनले भने, ‘पैसा चोर्ने क्रममा हामी दुवै जनालाई पसलले शिवशंकर महतोले गिरफ्तार गरेको थियो । किराना पसले शिवशंकर महताले सय रुपैयाँ खोसेर झापडले हान्दै वडा कार्यालयमा लगेपछि वडाध्यक्ष सुशीलकुमार राय र स्थानीय वीरेन्द्र रायले थप्पड र मुक्काले हानेको बताएका छन् ।

बिल्टुका बुवा तेजवा मुखियाका अनुसार ‘वडाध्यक्ष रायले छोरालाई बाँधेर झाँडुको शरीरभर जथाभावी कुटपिट गरेको बताएका छन् । दुवै बालकलाई बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेको बुवा तेजवा मुखियाको आरोप छ ।

वडाध्यक्ष रायले किराना पसल धनी शिवशंकर महतोले बाँधेर राखेको अवस्थामा दिउँसो करिब ४ बजे आफूलाई फोन गरेको बताएका छन् । किराना पसले र बालकका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफल गराएको उनले बताए । वडाध्यक्ष राउतले चोरिएको रकम मुखियालाई तिर्न लगाएर दुवैलाई घर पठाएको बताएका छन् ।

पछि बिल्टु गम्भीर बिरामी भएपछि आफूले नै उपचारका लागि अस्पताल लानु भनेर अभिभावकलाई सल्लाह दिएको तर आफूलाई राजनीतिक प्रतिशोधका कारण फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।

घटनाबारे इलाका प्रहरी कार्यालय सवैलालाई माघ २३ गते राति नै मौखिक जानकारी गराए पनि छोरा गम्भप्र बिरामी परेपछि बिचल्ली भएकाले अहिलेसम्म प्रहरी कार्यालयमा लिखित उजुरी नदिएको विल्टुका बुवा तेजवाले बताए । छोरालाई सञ्चो भएपछि कानुनी उपचारका लागि अघि बढ्ने उनको भनाइ छ ।

प्रकाशित समय १६:३० बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु