fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ राष्ट्रपतिबाट पुन:निर्माण भएका सम्पदाको अवलोकन (फोटो फिचर)

राष्ट्रपतिबाट पुन:निर्माण भएका सम्पदाको अवलोकन (फोटो फिचर)

निर्माणको प्रगति र प्रयोग भएका सामग्रीबारे चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुन:निर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेका छन् । सो क्रममा राष्ट्रपति भण्डारीले क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीबारे जानकारी लिइन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत भएका क्षेत्रमा १०१ वटा संरचना निर्माण भइसकेको छ । काठमाडौँ उपत्यकामा ४०४ वटा सम्पदाको पुन:निर्माण सम्पन्न भएको छ । उपत्यकाबाहिर भने त्यस्ता सम्पदा पुन:निर्माण भएको संख्या ३४६ रहेको बताइएको छ । रानीपोखरीको निर्माणमा ६० प्रतिशत भएको छ भने दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा छ । धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत रहेको छ भने काष्ठमण्डप र वसन्तपुर दरबारको उत्साहजनक ढंगबाट निर्माण भइरहेको छ ।

अवलोकन भ्रमणका क्रममा काठमाडौँ महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी थिए । दरबार हाइस्कुल, काष्ठमण्डप र हनुमानढोका क्षेत्रमा राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी सहभागी थिइन् ।

तस्बिरहरू: रासस ।

प्रकाशित समय १५:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु