fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन सांसदलाई ल्यापटप

प्रदेशसभालाई ‘पेपरलेस’ बनाउन सांसदलाई ल्यापटप

प्रदेश २ का १ सय ७ जना सांसदलाई ल्यापटप प्रदान गरिने भएको छ । सांसदलाई दिने भनिएको ल्यापटप खरिद भई स्टोरमा दाखिलासमेत भइसकेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

प्रदेशसभालाई ‘पेपरलेस’ बनाई फजुल खर्च कम गर्न भन्दै प्रदेशसभाले सांसदहरुलाई ल्यापटप दिन लागेको हो । सांसदहरुको हात-हातमा ल्यापटप भएपछि प्रदेशसभामा टेबुल हुने विधेयकलगायत अध्ययन गर्नुपर्ने सामग्रीहरुको सफ्टकपी पेनड्राइभ वा इमेलमार्फत दिइने सभामुख यादवले बताए । ल्यापटप वितरणपछि कागज, मसीको खर्च कटौती हुँदा वार्षिक ५ करोड रुपैयाँ बचत हुने सभामुख यादवको दावी छ ।

प्रदेशसभाका आधाभन्दा बढी सांसद प्रविधिमा कमजोर रहेकाले आवश्यक तालिमपछि मात्र ल्यापटप दिनु उचित हुने सामाजिक अगुवाहरुको भनाइ छ ।

प्रकाशित समय १६:०८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु