fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ साउनामा वाफ लिँदा दम्पतीको मृत्यु

साउनामा वाफ लिँदा दम्पतीको मृत्यु

ललितपुरको फिट एन्ड फाइन जिमखानामा रहेको साउनामा वाफ लिँदा एक दम्पतीले ज्यान गुमाएका छन् । ललितपुर महानगरपालिका १५ तिखेदेबलका हस्त गर्बुजामगर र नेत्र कुमारीको साउनामा निस्सासिएर ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ । हस्त पूर्व समाज कल्याणमन्त्री थममाया थापाका स्वकीय सचिव हुन् ।

गर्बुजा मगर दम्पती बुधबार साँझ जिम गरिसकेर साउना लिन गएका थिए । लामो समयसम्म साउन लिएर ननिस्किएपछि खोजी गर्दा बेहोस भेटिएका उनीहरूको पाटन अस्पतालमा लैजाँदालैजाँदै मृत्यु भएको प्रहरीले  जनाएको छ ।

प्रकाशित समय १२:४१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु