fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ विधेयकमा संविधानको मर्मविपरीत प्रावधान राखेको आरोप

विधेयकमा संविधानको मर्मविपरीत प्रावधान राखेको आरोप

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी सांसदहरुले प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने किसिमको विधेयक ल्याएको आरोप लगाएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा पेश गरेको रेडियो, एफएम र टेलिभिजनसम्बन्धी विधेयकमाथि सामान्य छलफलका क्रममा बोल्दै प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदले विधेयक सच्याउन आग्रह गरेका छन् ।

कांग्रेसका सांसद भरतबहादुर खड्का र श्यामलाल रानाथारु र राजपाका सांसद् मालामति रानाले संविधानको मर्मविपरीत प्रदेश सरकारले विधेयकमा प्रावधान राखेको बताए । सांसद् खड्काले प्रदेश सरकारले संविधानको मूल मर्मविपरीत मिडियालाई नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

सांसद श्याम लाल रानाले कार्यकारी मन्त्रीलाई बोर्डको अध्यक्ष बनाउने र बोर्डलाई सम्पूर्ण अधिकार दिने विधेयकको प्रावधानहरु गलत रहेको बताए । मिडियालाई संकुचित गर्नु लोकतन्त्र र नागरिक अधिकारको विरुद्धमा रहेको उनको भनाइ थियो ।

बैठकमा सो विधेयकमाथि सामान्य छलफलमा भाग लिदैं प्रतिपक्षी दलका सांसद्ले सञ्चार माध्यमलाई संकुचित गर्न प्रदेश सरकारले सो विधेयक ल्याएको भन्दै विरोध गरेका छन् । प्रदेश सरकारले बनेका कानुनहरु कार्यान्वयन गर्नमा ध्यान दिनुको सट्टा संघमा विवादमा रहेको विषयमा विधेयक ल्याउन हतार गरेको आरोप लगाए ।

नेकपाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यले भने विधेयक राम्रो रहेको भन्दै बचाउ गरेका छन् । नेकपा संसदीय दलका सचेतक अक्कलबहादुर रावल र सांसद पूर्णा जोशीले विधेयकको समर्थन गर्दै सञ्चार माध्यमहरुले समेत आग्रही हुन नहुने बताए । उनीहरुले विधेयकलाई विषयगत समितिमा लगेर दफावर छलफल गरी अझै परस्कृत र समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

सोमबारको प्रदेश सभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले दुईवटा विधेक टेबुल गरेकी छन् । अर्को बैठक माघ १५ गते दिउँसो १ बजे बोलाइएको छ ।

प्रकाशित समय १९:०२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु