fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ यि हुन् धनगढीमा पक्राउ पर्ने १६ जुवाडे

यि हुन् धनगढीमा पक्राउ पर्ने १६ जुवाडे

प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेका १६ जना जुवाडेलाई सोमबार सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका– ३ बाट गएराति २२ लाख ८२ हजार नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका– १० का अध्यक्ष रविन्द्र शाहीसमेत छन् । पक्राउ परेका अन्यमा कन्चनपुरको भिमदत्त नगरपालिका– ३ का ३४ वर्षीय धिरेन्द्र चन्द, बेलौरी नगरपालिका– १ का ३४ वर्षीय भुवन कुवर, कैलालीको धनगढी उपमहानगर पालिका– ३ बस्ने ३८ वर्षीय तिलक अधिकारी रहेका छन् । धनगढी नगरपालिका– १३ बस्ने ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ बस्ने ३५ वर्षीय खेमराज भट्ट, वडा नम्बर २ बस्ने ४१ वर्षीय जनक दौल्याल पनि गएराति पक्राउ परेका हुन् ।

त्यसैगरी गोदावरी नगरपालिका– १० बस्ने २८ वर्षीय सन्देश तामाङ, वडा नम्बर ३ बस्ने ३८ वर्षीय मोहन खड्का, बैतडीको दशरथ चन्द नगरपालिका– ८ बस्ने ३१ वर्षीय अमित गुरु, बझाङको जयपृथ्वी नगरपालिका– १० बस्ने ३५ वर्षीय प्रेमबहादुर सिंह, दशरथ चन्द नगरपालिका– ४ बस्ने ३० वर्षीयलाई पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका अन्यमा सुर्य भट्ट, पुर्चौडी नगरपालिाक– ८ बस्ने ५० वर्षीय कालु सिंह धामी, धनगढी उपमहानगरपालिका– ३ बस्ने ३७ वर्षीय चन्द्रमणि अधिकारी, दार्चुलाको नौगाड गाउँपालिका– ४ बस्ने ३३ वर्षीय जय सिंह धामी र महाकाली नगरपालिका– ४ बस्ने ३८ वर्षीय मंगल ठगुन्ना रहेका प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा राति करिब १० बजे तिलक अधिकारीको मिलन चोकस्थित घरमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताए ।

प्रकाशित समय १७:१४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु