fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ ‘ठगलाई झापड नहानेर माला लगाइदिने त ?’

‘ठगलाई झापड नहानेर माला लगाइदिने त ?’

प्रदेश सांसद दिपक मनाङेले जिल्ला फुटबल संघ, कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेर आफूले ठीक गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै सांसद मनाङेले आफ्नो ‘एक्सन’प्रति कुनै पछुतो नभएको बताए ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको पहिलो दिन मंगलबार सांसद मनाङेले मनाङबाट आएको टिमलाई होटल र ग्राउण्डको व्यवस्था नगरेको भन्दै एन्फा अध्यक्ष गुरुङलाई कार्यक्रम स्थलमै मुक्का प्रहार गरेका थिए ।

‘ठगलाई हान्ने झापड नै हो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यस्तो ठगलाई झापड नहानेर माला लगाइदिने त ?’ मुख्यमन्त्री कपको नाम बेचेर जिल्ला फुटबल संघ र अध्यक्ष गुरुङले मुख्यमन्त्रीको बदनाम गरिरहेको सांसद मनाङेले आरोप लगाए ।

पोखरामा हुने मनकामना केवलकार कपको पुरस्कार र पैसासमेत एन्फा कास्कीले दिन नसकेको उनले बताए । ‘कस्तो सिस्टम हो मिलनको ? टाइसिट बनाउँदासमेत पैसा खाँदो रहेछ,’ मनाङेले भने, ‘हामीले ग्राउण्ड दिएन, होटल दिएन भनेर पुलिसकहॉ उजुरी हाल्न मिल्दैन । यस्तो मान्छेलाई मैले झापड नै हान्नुपर्छ, तपाइहरुले हान्नुहुन्न भने त्यो तपाईहरुको प्रोब्लम हो ।’

पत्रकार सम्मेलनमा उपस्थित जिल्ला फुटबल संघ मनाङका अध्यक्ष निरज गुरुङले आफूहरुलाई आयोजकले वेवास्ता गरेको बताए । बुधबार बिहानै अध्यक्ष गुरुङले पत्रकार सम्मेलन गरेर सांसद मनाङेविरुद्ध उजुरी दिने बताएका छन् ।

प्रकाशित समय १९:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु