fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ भ्रमण वर्षको प्रचारप्रसारका लागि महायज्ञ

भ्रमण वर्षको प्रचारप्रसारका लागि महायज्ञ

नुवाकोटको त्रिवेणीधाममा आगामी माघ १६ देखि २४ गतेसम्म श्रीमद्भागवत सप्ताह महायज्ञ आयोजना गरिने भएको छ । शिवपुरी गाउँपालिकाको वडा नं. ६ र ७ तथा पञ्चकन्या गाउँपालिकाको वडा नं ५ को संगमस्थल त्रिवेणीमा महायज्ञ आयोजना गर्न लागिएको हो ।

त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाको आयोजना तथा शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सहआयोजनामा महायज्ञ सञ्चालन हुन लागेको हो । ‘भ्रमण वर्ष २०२०’को प्रसारप्रसार तथा धर्मशाला, विभिन्न देवीदेवताको मूर्ति र बौद्धमार्गीहरुका लागि गुम्बा निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको संस्थाकी अध्यक्ष लिलादेवी थापाले जानकारी दिइन् ।

महायज्ञमा ईश्वर कृष्ण महाराजबाट कथा वाचन तथा बौद्ध धर्मगुरु खेम्पो कमल भण्डारीबाट कथा वाचन र प्रवचन हुने आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ । ‘धार्मिक पर्यटनबाट राष्ट्रको विकास सम्भव छ,’ कथा वाचक महाराजले भने, ‘नुवाकोट धार्मिक तथा पर्यटकीय रुपमा धनी छ । यसले देशको विकासमा उल्लेख्य सहयोग पुर्‍याउनसक्छ ।’ प्राकृतिक रुपले पनि सुन्दर र रमणीय ठाउँ भएकाले सबैले त्रिवेणी क्षेत्रको प्रसारप्रसारमा जोड दिन उनले आग्रह गरे ।

त्रिवेणी धाम परिसरमा बुढानिलकण्ठ, वेत्रावती, गोसाइकुण्ड, राधाकृष्ण मन्दिर, किरियापुत्री घर, ज्येष्ठ नागरिक आश्रम, धर्मशाला आदिको निर्माण गर्ने आयोजकले लक्ष्य लिएको छ । यो वर्ष १ लाख पर्यटक भित्र्याउने उद्देश्य रहेको संस्थाकी अध्यक्ष थापाले बताइन् ।

प्रकाशित समय १८:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु