fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ जसलाई ‘घाँटी काटेर २४ घण्टा झुण्ड्याउने’ सजाय सुनाइएको थियो

जसलाई ‘घाँटी काटेर २४ घण्टा झुण्ड्याउने’ सजाय सुनाइएको थियो

विमानस्थलमा उमेश (दायाँबाट दोस्रो) ।

साउदी अरेबियामा १४ वर्ष जेल जीवन बिताएर कमला नगरपालिका- ३ का ३९ वर्षीय उमेश यादव नेपाल फर्केका छन् । पाकिस्तानी सहकर्मी मोहम्मद लतिफ वासिरको हत्या गरेको आरोपमा जेल परेका यादव बुधबार बिहान त्रिभुवन विमानस्थल उत्रिएका हुन् ।

जनकपुरका सामाजिक अभियन्ता सरोज रायले उमेशको जीवन बचाउका लागि अभियान चलाएका थिए । उनी पाकिस्तानस्थित पीडितको घरसमेत पुगेका थिए । रायकै अगुवाइमा संकलन गरी पीडित परिवारलाई ‘ब्लडमनी’वापतको ३० लाख पाकिस्तानी रुपैयाँ बुझाइएको थियो ।

सन् २००६ मा सहकर्मी हत्याको आरोपमा उमेशलाई साउदी प्रहरीले पक्राउ गरेको थियो । १५ अप्रिल २०१८ मा जुवेलको जेनर कोर्टले उमेशलाई घटनामा दोषी ठहर गर्दै ‘घाँटी काटेर २४ घण्टा झुण्ड्याउने’ सजाय सुनाएको थियो । उनी जुबेल कोर्टकै आदेशमा जुबेल जेलमा बन्दी थिए ।

मृत्युको पर्खाइमा रहेका उमेशकाबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा भएपछि जनकपुरका सामाजिक अभियन्ता राय ‘उमेश बचाऔँ अभियान’मा जुटेका थिए । जेलबाट छुटेपछि काठमाडौँ उत्रिएका उमेशको स्वागतका लागि राय आफैँ स्वागत गर्न पुगेका थिए ।

दुई वर्षदेखि निरन्तर सञ्चालित अभियानको उद्देश्य पूरा भएको अभियन्ता रायले बताए । ‘उमेश नेपाल आइपुगेका छन् । उनलाई नेपालमा हार्दिक स्वागत छ,’ रायले भने । आफ्नो जीवन रक्षा गरिदिएकोमा अयिभन्ता राय, पीडित पाकिस्तानी परिवार र सम्पूर्ण सहयोगीप्रति उमेशले आभार प्रकट गरेका छन् । उनी बिहीबारसम्म धनुषास्थित घर आइपुग्ने बताइएको छ ।

प्रकाशित समय १७:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु