fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ २२औँ भूकम्प सुरक्षा दिवस (फोटो फिचर)

२२औँ भूकम्प सुरक्षा दिवस (फोटो फिचर)

१९९० साल माघ २ गते र त्यसपछिको भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा आज देशैभर ‘भूकम्प सुरक्षा दिवस’ मनाइएको छ । दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रमा पनि बिहीबार विविध कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका वक्ताहरूले अबका पुस्ताले भूकम्पबाट क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न पनि यो दिवस महत्वपूर्ण रहेको बताए । गृहमन्त्री रामबहादुर थापा, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू कार्यक्रममा सहभागी  थिए । २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यस वर्षको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुरक्षा र समृद्धिको आधार’ रहेको छ ।

प्रकाशित समय १७:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु