गृहपृष्ठ नाडाको अधिवेशन सम्पन्न, अध्यक्षमा दुलाल निर्वाचित

नाडाको अधिवेशन सम्पन्न, अध्यक्षमा दुलाल निर्वाचित

नाडाको २० औं अधिवेशनबाट कृष्णप्रसाद दुलाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा १७ जनाको उम्मेदवारी दर्ता भएकोमा ३ जना उम्मेदवारले आफनो उम्मेदवारी फिर्ता लिएको अवस्थामा १४ जना केन्द्रीय कार्य समितिका सदस्यहरुको पनि निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षमा पूर्वाञ्चल ल्यूव आयल प्रा.लिका कृष्ण प्रसाद दुलाल निर्वाचित भएका छन् । त्यस्तै संस्थागत सदस्यहरुमा हेटौडा अटोमोबाईल्स एशोसियसनका ऋषि कुमार ढकाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन ध्रुव बहादुर थापा, चितवन अटोमोवाईल्स एशोसियसन नवराज डल्लाकोटी, मोरङ अटोमोबाईल डिलर्स एशोसियसनका सुवास आचार्य निर्बिरोध निर्वाचित भएका हुन् ।

त्यस्तै निर्विरोध निर्वाचित साधारण सदस्यहरुमा के.एम.सि.अटोमोबाईल्सका श्री करण कुमार चौधरी, जि.ओ.अटोमोवाईल प्रा.लिका आकाश गोल्छा, भावना विजनेश लिंक प्रा.लिका सुनिल रिजाल, नारायणी अटो विजनेश प्रा.लि.का अनुप कुमार वराल, एस ट्रेडिङ कन्सर्नका सुरेन्द्र कुमार उप्रेती, गणपति टायर इन्टरनेशनलका बिक्रम सिंघानीया, सिप्रदी ट्रेडिङ प्रा.लि.का राजनबाबु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै नेपाल जनरल मार्केटिङका अभिक ज्योति, मिलन बाबु मल्ल रिसिक अटोमोवायल्स प्रा.लि, दिपक कुमार अग्रवाल जगदम्वा मोर्टस प्रा.लि., निराकार श्रेष्ठ (लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.), सुरज भट्टराई (आई एम ई मोटर्स प्रा.लि) पंकज अग्रवाल डि सी बि एण्ड ट्रेडर्स, निलमणि पाठक (राम त्रिशुल अटोमोवाईल्स ट्रेडर्स) निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित समय ०९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु