fbpx
corona information

गृहपृष्ठ प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी !

प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी !

शनिबार प्रहरी जवान पदका लागि लोक सेवा आयोगले लिएको परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तले जानकारी दिए ।

एसपी पन्तका अनुसार नक्कली परीक्षार्थीको रुपमा पक्राउ परेकाहरुउपर अनुसन्धान भइरहेको छ । वीरेन्द्रनगरको इगरब्रिज सेकेण्डरी स्कुल, सुर्खेत शिक्षा क्याम्पस र कृष्ण संस्कृत माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थी पक्राउ परेको उनले बताए ।

‘हामीले तीनै परिक्षा केन्द्रबाट २२ जना नक्कली परिक्षार्थी पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘तीमध्ये कोही पैसा लिएर वा कोही आफन्तको परीक्षा दिन आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ परीक्षा दिने सबै पुरुष रहेको पन्तले बताए ।

थप अनुसन्धानका लागि पक्राउ परेको नक्कली परीक्षार्थी हिरासतमा रहेको उनले बताए । प्रहरी जवान पदका लागि आयोगले लिएको परीक्षामा सुर्खेतलगायत अन्य जिल्लाका करिब ३३ सय सहभागी थिए ।

प्रकाशित समय १८:२५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु