fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ पाल्पामा एकै पटक १४१ शिक्षक विस्थापित

पाल्पामा एकै पटक १४१ शिक्षक विस्थापित

palpa_district-newskarobar

पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् ।

प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागिर गुमेको छ । बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी २६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज पौडेलले बताए । ‘१४१ जागिरबाटै विस्थापित भएका छन् भने कार्यरतमध्ये ५५ जना शिक्षक सेवा दरबन्दीमा नाम निकाल्न सफल भएको र बाँकी सात जना बाहिरी जिल्लामा नाम निकालेर गएका छन्,’ उनले भने ।

रामपुर नगरपालिकामा १७, तानसेन नगरपालिकामा १५, निस्दी गाउँपालिका ४६, पूर्वखोलामा २१, बगनासकालीमा १५, माथागढीमा ३८, रम्भामा २६, रिब्दीकोटामा २५, रैनादेवी छहरामा ३९, तिनाउमा २१ ले नयाँ नियुक्ति बुझेका छन् ।

जिल्ला समन्वय समिति, लेखा समिति सदस्य, प्रमुख जिल्ला अधिकारी, शिक्षक पेसागत संघ संगठनका प्रतिनिधिको रोहबरमा स्थायी शिक्षकलाई नियुक्ति दिइएको हो ।

उक्त अवसरमा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासिनी, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, शिक्षक महासंघ प्रतिनिधि देवीप्रसाद भट्टराई, जिल्ला शिक्षा समितिका तर्फबाट धनेन्द्रराज घिमिरेलगायतले नयाँ शिक्षकलाई स्थायी नियुक्ति प्रदान गर्दै लगनशील भएर शिक्षण कार्यमा तल्लीन रहन आग्रह गरे । (रासस)

प्रकाशित समय ११:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु