गृहपृष्ठ ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

सांकेतिक तस्बिर

संखुवासभाको चिचिला गाउँपालिका-१ मा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा भोटखोला गाउँपालिका-५ का २२ वर्षीय ट्रयाक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुमतर्फ जाँदा ग१त ४१६४ नम्बरको ट्रयाक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो । घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए । तामाङको शव परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु