fbpx

गृहपृष्ठ सैनिक अदालतले सुनायो मेजरलाई ६ महिना कैद सजाय

सैनिक अदालतले सुनायो मेजरलाई ६ महिना कैद सजाय

नेपाली सेनाको छात्रवृत्तिबाट जापानमा अध्ययन गरेर फर्केपछि भागेका एक मेजर (सेनानी) लाई ६ महिना कैद सजाय हुने भएकाे छ । सैनिक अदालतले प्राविधिक सेनानी रामचन्द्र तिवारीका विरूद्ध त्यस्ताे फैसला सुनाएकाे हाे ।

उनलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्न नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । प्रवक्ता पाण्डेका अनुसार सेनानी तिवारी १८ चैत २०७३ मा जापानमा दुई वर्षे ‘पोस्ट डक्टोरियल’ तहकाे अध्ययनका लागि वेतलवी विदामा गएका थिए । तर, अध्ययनपश्चात १८ चैत २०७५ मा हाजिर हुनुपर्नेमा नभइ आफू खुशी भगौडा भएकाले सैनिक ऐन, २०६३ बमोजिक कारबाही गरिएको सेनाले जनाएको छ ।

जापानबाट फर्केपछि उनी थापाथली इञ्जिनियरिङ कलेजमा विभागीय स्वीकृतिविनै व्यक्तिगत रिसर्च सुपरभाइजरको रुपमा कार्यरत रहेको सेनाले जनाएको छ । उनीमाथि सेनाबाट प्राप्त हुने सेवा सुविधा तथा सहुलियत लिइसके पश्चात आफ्नो अनुकुल हुने किसिमको जिम्मेवारी नपाएको भनी सैनिक संस्थालाई आरोप लगाएर अन्यत्र काम गरेको अभियोग थियो ।

२५ कात्तिकदेखि कलेजमा प्राध्यापकको रुपमा स्थायी नियुक्ति लिएर भगौडा र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको भनेर दोषी ठहर गरिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित समय २०:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु