fbpx
Rashifal Ad

गृहपृष्ठ ट्राफिक नियम उलंघन : उपत्यकामा एकै दिन १७०२ जनालाई कारबाही

ट्राफिक नियम उलंघन : उपत्यकामा एकै दिन १७०२ जनालाई कारबाही

काठमाडौं । राजधानीमा ट्राफिक कारबाहीका घटना दिनानुदिन बढ्दै गएका छन् । विभिन्न कसुरमा कारबाहीमा पर्नेहरुमा लेन, फुटपाथ पार्किङ्ग, अनाधिकृत पार्किङ्गलगायतमा बढी कारबाहीमा पर्दै आएका छन् ।

आइतबार मात्र विभिन्न कसुर विवरणमा १ हजार ७ सय २ जना कारबाहीमा परेका छन् ।
जसमा मापसे कारबाहीमा ९० जना, लेनमा २ सय ४१ जना, भाडा कार ट्याक्सीमा ५० जना, जेब्रा क्रसिङमाथि सवारी रोक्ने ३२ जना, ट्रिपर कारबाहीमा २९ जनालाई कारबाही गरेको छ ।

त्यस्तै सिसिटिभीमार्फत् ६१ जनालाई कारबाही, फुटपाथ पार्किङबाट १ सय ८४ जना, हर्न कारबाही ३४ जना, अनाधिकृत पार्किङ्ग उपर चेन लक कारबाही १ सय २४ जना र अन्य कारबाहीबाट ७ सय ३३ जनालाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकामा आइतबार ३२ सवारी दुर्घटना भएकोमा १८ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाको विभिन्न नाकाबाट यात्रु तथा सवारी भित्रिने र बाहिरिनेको संख्या पनि बढेको छ । ट्राफिक प्रहरीका अनुसार आइतबार मात्रै १९ हजार ७ सय ४० सवारी साधन भित्रिएका थिए भने १४ हजार ६ सय २६ सवारी साधन बाहिरिएका छन् ।

आइतबार मात्रै १ लाख ३३ हजार १ सय १३ जना यात्रु उपत्यका भित्रिएका छन् भने ९८ हजार ५ सय २४ जना यात्रुहरु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित समय ०८:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु