गृहपृष्ठ बालुवाटारमा सर्वपक्षीय छलफल सुरु, साझा धारणा बनाइने
बालुवाटारमा सर्वपक्षीय छलफल सुरु, साझा धारणा बनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गरेकाे सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ । केहीबेरअघि सुरू भएकाे छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, बाबुराम भट्टराई, झलनाथ खनाल तथा माधव नेपाललगायत सहभागी छन् ।
छलफलमा मन्त्रीहरु, नेकपाका प्रभावशाली नेताहरु, पूर्व परराष्ट्रमन्त्री कमल थापा तथा रमेशनाथ पाण्डे लगायतका नेताहरु पनि उपस्थित छन् । त्यस्तै विभिन्न पार्टीका प्रभावशाली नेताहरु, सीमाविद्हरु पनि सहभागी छन् ।
नेपालको कालापानी क्षेत्रको आफ्नाे भूभाग पारेर भारतले हालै जारी गरेको नक्साकाे विषयमा आन्तरिक शक्तिहरुको धारणा बुझ्न प्रधानमन्त्रीले याे छलफल आयोजना गरेका हुन् । छलफलबाट भारतीय नक्साकाे विषयमा सामूहिक धारणा बन्ने अपेक्षा गरिएकाे छ ।
प्रकाशित समय १७:५४ बजे