fbpx
Rashifal Ad

गृहपृष्ठ उद्योगी रुप ज्योतीको गिरफ्तारीप्रति चेम्बरको आपत्ति

उद्योगी रुप ज्योतीको गिरफ्तारीप्रति चेम्बरको आपत्ति

rup-jyoti-newskarobar

उद्योगी रुपज्योतिको गिरफ्तारीप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । लामो समयदेखि नेपालको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका उद्योगी एवं व्यवसायी रुप ज्योतीको गिरफ्तारीले गम्भीर ध्यानाकृष्ट भएको चेम्बरले जनाएको हो ।

अपराध नै प्रमाणित नभई उजुरीको भरमा एयरपोर्टबाट छोरी सुरुचीसहित पक्राउ गरिएकोमा निजी क्षेत्र मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ । देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनीय राजस्व योगदान गरिरहेका उद्यमीलाई अमर्यादित व्यवहार गरिँदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित हुनुका साथै लगानीमैत्री वातावरणमा समेत प्रतिकूल प्रभाव पर्नसक्नेतर्फ चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

कानुन परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी व्यवसायीलाई सम्मानजनक व्यवहारको चेम्बरले अपेक्षा पनि गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । हाउजिङको घर दिन्छु भनेर ढाँटेको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा केही दिनअघि उजुरी दिएका थिए ।

प्रकाशित समय १७:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु