fbpx
Rashifal Ad

गृहपृष्ठ नेपाली सेनाद्वारा विपद्सम्बन्धी जनचेतना

नेपाली सेनाद्वारा विपद्सम्बन्धी जनचेतना

नुवाकोटको देवीघाटस्थित नेपाली सेनाको जबरजंग गणले लिखु गाउँपालिका-१ स्थित बराफेदीमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

नारायणदेवी माध्यमिक विद्याललयका शिक्षक, शिक्षिका, विद्यार्थीलगायत सोही ठाउँका बासिन्दासमेत सहभागी उक्त कार्यक्रममा विपद्बाट कसरी बच्ने, कसरी समस्या समाधान गर्ने र विस्फोटक पदार्थबाट कसरी सुरक्षित हुने भन्नेबारे प्रयोगात्मक अभ्याससमेत गरिएको सोही गणका गणपति उदयबहादुर लामिछानेले जानकारी दिए । उक्त गाउँपालिका-१ का वडाध्यक्ष नरहरि पाण्डे र सोही विद्यालय सहायक प्रधानाध्यापक दीपक सिटौलालले कार्यक्रमको प्रशंसा गरेका थिए । (रासस)

प्रकाशित समय १५:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु