गृहपृष्ठ छठ सम्पन्न (फोटो फिचरसहित)

छठ सम्पन्न (फोटो फिचरसहित)

Janakpur-chhath-newskarobar (4)

आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै सूर्य उपासनाको पर्व छठ सम्पन्न भएको छ । व्रतालुहरूले पोखरी तथा नदीकिनारमा गई उदाउँदो सूर्यलाई अर्घ्य चढाएका छन् ।

विगतमा तराई मधेसमा मनाइने छठ पर्व केही वर्षयता देशभर मनाइन थालेको छ । छठ पर्व जनकपुर, वीरगन्ज, विराटनगर, झापा, काठमाडौंलगायत देशभर मनाइएक छ । शनिबार बेलुका अस्ताउँदो सूर्यलाई विशेष पूजा गरी अर्घ्य दिएका व्रतालुले आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन् ।

आजको दिनलाइ पारणको रुपमा मनाइन्छ । छठको अवसरमा सूर्य भगवानलाई प्रसादको रुपमा चढाइएको ठेकुवा, लड्डु, फलफूलहरु आ-आफ्नो आफन्तजन, प्रियजनको घरमा कोसेली पठाउने गरिन्छ भने आज प्रसाद ग्रहण गर्ने परम्परा छ । व्रतालुहरुले छठ सम्पन्न भएसँगै करिब ४८ घण्टाको निराहार ब्रतपछि खाना ग्रहण गर्ने गर्छन् । छठ पर्व बिहीबारदेखि सुरु भएको थियो ।

chhath-sampanna-newskarobar

तस्बिर : दीपेन्द्रप्रसाद सिंह

प्रकाशित समय ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु