fbpx
Rashifal Ad

गृहपृष्ठ रौतहटमा आलमको पक्षमा कांग्रेसको जुलुस

रौतहटमा आलमको पक्षमा कांग्रेसको जुलुस

alam-julus-newskarobar

बम विस्फोटपछि घाइतेहरूलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद आफताब आलमको पक्षमा नेपाल कांग्रेसले रौतहटमा जुलुस निकालेको छ । रौतहट कांग्रेसले घटनाको निष्पक्ष छानबिनको माग गर्दै शुक्रबार मौन जुलुस निकालेको हो ।

जुलुसका सहभागीले आलमका पक्षमा विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेका छन् । जुलुस गौरको बीपीचोकदेखि जिल्ला अदालत र मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय पुगेको थियो ।

आलमलाई थप ८ दिन धुनामा राखी अनुसन्धान गर्न शुक्रबार अदालतले अनुमति दिएको  छ । उनीमाथि प्रहरीले तीन मुद्दामा अनुसन्धान गरिरहेको छ । १२ वर्षअघि २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोट र विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई प्रहरीले असोज २६ गते पक्राउ गरेको थियो ।

आलमले भने आफूलाई राजनीतिक प्रधिशोधमा पक्राउ गरिएको बताएका छन् । यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आलमको पक्राउलाई कांग्रेसविरूद्धको षड्यन्त्र भएको बताएका थिए । चाैतर्फी विरोध भएपछि उनले आफ्नो भनाइ सच्याउनुपरेको थियो ।

प्रकाशित समय १३:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु