fbpx

गृहपृष्ठ विद्याकुञ्ज इंग्लिस स्कुलको बार्दली भाँच्चिदा ३९ विद्यार्थी घाइते

विद्याकुञ्ज इंग्लिस स्कुलको बार्दली भाँच्चिदा ३९ विद्यार्थी घाइते

school-collapsed-newskarobar

काठमाडौंको धर्मस्थलीमा रहेको विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भाँच्चिदा ३९ जना विद्यार्थी घाइते भएका छन् । स्कुलमा फुटबल प्रतियोगिता हेर्दै गर्दा बार्दली भाँचिएको हो । स्कुलले नै बालबालिकालाई बार्दलीबाट खेल हेर्न भनेको थियो । खेल हेरिरहेका बेला एक्कासि बार्दलीको रेलिङ भाँचिएर सबै विद्यार्थी भूइँमा पछारिएका हुन् ।

शिक्षक र अभिभावक मिलेर घाइते विद्यार्थीलाई तत्काल ग्रिनसिटी अस्पताल लगेका थिए । धेरै विद्यार्थीको अनुहारमा चोट लागेको छ । घाइतेमध्ये केहीलाई अस्पतालमै भर्ना गरेर राखिएको छ भने केही उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित समय २०:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु