fbpx

गृहपृष्ठ चाबहिलमा घर भत्काउँदा घाइतेमध्ये १ को मृत्यु

चाबहिलमा घर भत्काउँदा घाइतेमध्ये १ को मृत्यु

चाबहिलमा पुरानो घर भत्काउँदा घाइते भएका मजदुरमध्ये एक जनाको मृत्यु भएको छ । उपचारको क्रममा दोलखा घर भएका दिपक तामाङको मृत्यु भएको हो ।

महानगरी प्रहरी वृत्त गौशालाका डीएसपी प्रदिपकुमार सिंहका अनुसार तामाङको मित्रपार्कस्थित दिर्घायु गुरु अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । अर्का घाइते मजदुर रामबहादुर कुँवर र नजिकैको खाजाघरमा काम गर्ने जीवन मगरको सोही अस्पतालमा उपचार भइरहको डीएसपी सिंहले जानकारी दिए ।

बुधबार दिउँसो गोविन्दप्रसाद श्रेष्ठको घर भत्काउने क्रममा छत झरेर लाग्दा उनीहरु घाइते भएका थिए ।

भिडियोमा हेर्नुहोस् ।

प्रकाशित समय १८:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु