fbpx
newskarobar-job-vacancy
NIC ASIA- magh 1

गृहपृष्ठ ताइवानी संस्थाबाट निःशुल्क ह्वीलचियर वितरण

ताइवानी संस्थाबाट निःशुल्क ह्वीलचियर वितरण

ताइवानका विभिन्न संस्थाले नेपाललाई अपांगता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पुर्‍याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् ।

प्रतिथान करिब ५ हजार ६ सय र रुपैयाँ पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २ सय थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको हो । सो संस्थाले हाल नेपालमा ३० चिकित्सक तथा ९० स्वयंसेवकद्वारा सहयोग गर्दै आएको छ । ताइवानको चाओ झोङ झी फाउन्डेसन ताइपेईले गरेको कार्यक्रममा सात अशक्त व्यक्तिलाई प्रतिनिधिमूलक रूपमा ह्वीलचियर वितरण गरिएको हो ।

फाउन्डेसनका संस्थापक अध्यक्ष चाओ झोङ झीले आफ्नो संस्थाले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य सेवासहित अपांगता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गर्दै आएको जानकारी दिँदै नेपालजस्तो गरिब मुलुकका जनता ह्वीलचियरको अभावमा पीडा भोगिरहेकाले यसले केही भए पनि राहत पुग्ने बताए ।

उनले नेपाल र ताइवानबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै फाउन्डेसनको सानो सहयोगबाट यो मैत्री जनस्तरमा थप विस्तार भएको बताए । ताइपेई रोटरी क्लब ३५२३ का डिस्ट्रक्ट गभर्नर जोयले नेपाल र ताइवानबीचको सहयोगको आदान–प्रदानबाट दुई मुलुकबीचको घनिष्ट सम्बन्ध बढेको बताए । रोटरी क्लब अफ नेपालका डिस्ट्रक गभर्नर किरणलाल श्रेष्ठले ताइवानले नेपाललाई दिएको ह्वीलचियर सहयोग महत्वपूर्ण रहेको चर्चा गर्दै यसबाट हजारौँ लाभान्वित हुने बताए । (रासस)

प्रकाशित समय ११:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु