fbpx

गृहपृष्ठ नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक सुरु

नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक सुरु

नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक भारतमा आजबाट सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठकमा इनर्जी बैंकिङ, अन्तरदेशीय प्रसारण लाइन लगायतका विषयमा छलफल हुने छ ।

बैठकमा नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ निर्माण लगायतका विषयमा सहमति जुटाउने लक्ष्य राखेको छ । बैठकमा दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणको ढाँचा तय गरिने छ । समितिको अघिल्लो बैठक गत माघ ९ र १० मा पोखरामा सम्पन्न भएको थियो।

बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव दिनेश घिमिरे र भारतका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्ने तय भएको छ । सहसचिवस्तरीय संयन्त्रको नेतृत्वका नेपालका तर्फबाट ऊर्जा हेर्ने सहसचिव प्रवीणराज अर्याल र भारतका सहसचिव एसकेजी रहातेले गर्ने कार्यक्रम छ । गत असोज १७ गते बसेको मन्त्रिपरिषदको बैठकले संयुक्त निर्देशक समितिको बैठकमा भाग लिन तालुकदार मन्त्रालयका सचिव लगायतका अधिकारीलाई स्वीकृति दिएको थियो ।

प्रकाशित समय ११:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु