fbpx
Nepal Mediciti

गृहपृष्ठ राष्ट्रपति सीलाई ‘गार्ड अफ अनर’

राष्ट्रपति सीलाई ‘गार्ड अफ अनर’

gaurd of honoer

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘गार्ड अफ अनर’ अर्पण गरिएको छ। नेपालको दुई दिने राजकीय भ्रमणमा आएका राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमै ‘गार्ड अफ अनर’ अर्पण गरिएको हो ।

नेपाली सेनाले सीको सम्मानमा २१ तोपको सलामी दिएको हो। त्यसअघि उनलाई राष्ट्रपति विद्या भण्डारीले स्वागत गरेकी थिइन्। विमानस्थलबाट सी होटल सोल्टी क्राउन प्लाजा गएका छन् ।

शनिबार नै दुई राष्ट्रपतिबीच शीतल निवासमा भेटवार्ता हुने कार्यक्रम छ । सी आजै राष्ट्रपति भण्डारीले आयोजनामा गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। त्यसअघि सीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।

प्रकाशित समय १८:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु