fbpx
Rashifal Ad

गृहपृष्ठ राष्ट्रपति सीको आगमन अपरान्ह ४:३० बजे, यस्तो छ आजको कार्यतालिका

राष्ट्रपति सीको आगमन अपरान्ह ४:३० बजे, यस्तो छ आजको कार्यतालिका

xi zinping_news karobar

दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ आज अपरान्ह ४ः३० बजे काठमाडौँ आउँदैछन् । हाल भारत भ्रमणमा रहेका सी उतैबाट काठमाडौँ आउन लागेका हुन् । सी सवार विमान ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । विमानस्थलबाट उनी होटल सोल्टी जानेछन् ।

नेपाल अवतरणपछि चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच साँझ ६ः३० बजे शीतल निवासमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ । राष्ट्रपति सी र कांग्रेस सभापति देउवाबीच पनि आजै भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवा र सीको भेटपछि राष्ट्रपति भण्डारीले सीको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

प्रकाशित समय ११:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु