fbpx
Nepal Mediciti

गृहपृष्ठ राष्ट्रपति सी दुईदिने नेपाल भ्रमणका लागि शनिबार काठमाडाैँ आउँदै

राष्ट्रपति सी दुईदिने नेपाल भ्रमणका लागि शनिबार काठमाडाैँ आउँदै

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने नेपाल भ्रमणका क्रममा यही असाेज २५ गते काठमाडाैँ आइपुग्ने भएका छन् । राष्ट्रपति सीकाे राजकीय भ्रमणसम्बन्धी तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ प्रतिनिधि मण्डलका लागि भोजको आयोजना पनि गर्नेछिन् । त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि डेलिगेसन तहको औपचारिक वार्ता गर्ने तय भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर हुनेछ ।
यसैबीच, चिनियाँ समाचार संस्थाले सीले ११ देखि १३ तारिख (शुक्रबारदेखि आइतबार)सम्म नेपाल भ्रमण गर्ने जनाएको छ ।

प्रकाशित समय ११:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु