fbpx
Nepal Mediciti

गृहपृष्ठ जनकपुरमा प्लास्टिकका झोला माग्दै कपडाका झोला वितरण

जनकपुरमा प्लास्टिकका झोला माग्दै कपडाका झोला वितरण

janakpur-plastic-newskarobar फलफूल पसलमै पुगेर कपडाका झोला वितरण गरिँदै ।

जनकपुरधाम उपमहानगरपालिकाले स्वच्छता अभियानअन्तर्गत जनकपुरमा कपडाका झोला वितरण गरेको छ । प्लास्टिकको झोलाले वातावरण प्रदूषण हुने भन्दै स्वच्छता अभियान चलाउँदै आएको उपमहानगरले आज कपडाको झोला वितरण गरेको हो ।

नगर प्रमुख लालकिशोर साह स्वयंले राममन्दिर, राजदेवी मन्दिरलगायतका क्षेत्रमा व्यवसायीले प्रयोग गर्दै आएका प्लास्टिकको झोला माग्दै कपडाको झोला वितरण गरेका छन् । चाडपर्वका बेला झोला बढी प्रयोग हुन्छ । तर बजारमा अझै वातावरण प्रदूषण गर्ने झोलाको प्रयोग भइरहेकाले त्यसलाई रोक्न प्रदूषणरहित झोला वितरण गरिएको प्रमुख साहले बताए ।

janakpur-plastic-newskarobar

साहले प्लास्टिकको झोला प्रयोग नगर्न नगरबासीसँग अपिल पनि गरेका छन् । झोला वितरण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, समाजसेवी वैधनाथ साह एवं अभियन्ताहरूको सहभागिता थियो ।

प्रकाशित समय १०:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु