fbpx
Nepal Mediciti

गृहपृष्ठ झुलाघाट सीमा नाका बन्द हुँदा समस्या

झुलाघाट सीमा नाका बन्द हुँदा समस्या

Jhulaghat_baitadi_newskarobar ?????????????????????????????????????????????????????????

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दसैंको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दसैंका लागि घर फर्कने तथा दसैंका समयमा व्यापार व्यवसाय गर्नेलाई पनि समस्या परेको हो ।

भारतको पिथौरागढ जिल्लामा आज हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायतको निर्वाचनलाई मध्यनजर राखेर सीमा नाका बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । दसैंको मुखमा सीमा नाका बन्द हुँदा नेपालीलाई भने समस्या परेको छ । जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला तथा जात्रामा भारतीय बजारबाट ल्याएर सामग्री बिक्री गर्ने गरिएको भए पनि सीमा नाका बन्द हुँदा समस्या भएको दशरथचन्द नगरपालिका  १ का देवदत्त भट्टले बताए ।

नेपाली बजारमा प्याजलगायतका तरकारीको पनि अभाव भएकाले सीमावर्ती भारतीय बजार झुलाघाटमा गएर ल्याउने गरिएकामा तीन दिनका लागि सीमा नाका बन्द हुँदा समस्या भएको जनाए । यस्तै दसैंका लागि घर फर्कने नागरिकलाई सीमा नाकामा समस्या भएको छ । यस्तै बैतडीका विभिन्न स्थानमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई पनि समस्या भएको छ । चुनावका कारण सीमा नाका बन्द हुँदा समस्या भएको हो ।

बिरामी तथा आकस्मिक नाका खोल्नुपरे दुई देशबीचको आपसी समन्वयमा नाका खोल्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । शुक्रबार बेलुका ५:१५ बजेदेखि बन्द भएको पुल आइतबार बेलुका ५:१५ पछि खुल्नेछ । (रासस)

प्रकाशित समय ०९:२२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु